प्रतिनिधि सभाको बैठकमा आज आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक अहिले जारी रहेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक आइतबार बिहान ११ बजेदेखि शुरु भएको हो । आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । अर्थमन्त्री पुनले जेठ १५ गते संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नुभएको थियो ।