काठमाडौंका विभिन्न स्थानमा आजदेखि आगामी असार ३ गतेसम्म दैनिक ६ घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न स्थानमा सेवा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणले शनिबार बिहान एक सूचना जारी गरी काठमाडौंका विभिन्न स्थानमा विद्युत लाइन अवरुद्ध हुने बताएको हो । प्राधिकरणले रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने जनाएको छ।
बुधबार बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने जारी सूचनामा उल्लेख गरिएको हो ।
त्यस्तै, प्राधिकरणले जेठ २८ गते कालिकास्थान फिडर, जेठ ३० गेत भीमसेनस्थान, ३२ गते गैरीधारा, आगामी असार २ गते पानीपोखरी र असार ३ गते सामाखुसी फिडर अन्तर्गतका क्षेत्रमा बिहान ११ देखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।