काठमाडौंका विभिन्न स्थानमा भोलिदेखि दैनिक ४ घण्टा विद्युत सेवा अवरूद्ध हुँदै
काठमाडौं । नेपाल विद्युत प्राधिकरण अन्तर्गत कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइनमा भूमिगत गर्ने कार्य भइरहेको छ ।
सोही केन्द्रमार्फत वितरण हुने विभिन्न स्थानमा यहि जेठ १३ गते आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले प्राधिकरणले शनिबार बिहान एक सूचना जारी गर्दै जानकारी गराएको हो। साँखु फिडर, चौमती फिडर, केएमसी फिडर, कालीमाटी फिडर, रोपवे फिडर र मूलपानी फिडरमा विद्युतीय तार भूमिगत हुने भएको छ ।
त्यस्तै, साँखु बजार, छाउनी आर्मी अस्पताल क्षेत्र, सुविधा नगर सिनामंगल, भिमसेनगोला क्षेत्र, सोल्टी मोडदेखि कलंकी क्षेत्र, मैत्रीनगर र टेगलाफाँट क्षेत्र फिकल चोकदेखि बाबा चोकसम्म फरकफरक दिनमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको हो ।