विदेशी मुद्राको विनिमय दर आज कति छ त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६६ पैसा बैंकले तोकेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ८९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ३५ पैसा रहेको हो । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।