धितोपत्र बजारमा ब्रेक, आज नेप्से २२ दशमलव १४ अंकले घट्यो
काठमाडौं । सेयर बजारले बुल ट्रेन्डलाई आइतबार ब्रेक गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार २२.१४ अंकले घटेको हो । आइतबार नेप्से १.०३ प्रतिशतले घटेर २१०९.३४ बिन्दुमा पुगेको छ । आइतबार ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ४४ हजारको ४ सय ८५ कित्ता र ७० हजार ५ सय ८६ कित्ता बिक्री भएको होे ।
आइतबार ३ सय १५ कम्पनीको कारोबार हुँदा २९ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय १५ कम्पनीको शेयर मूल्य घटेको हो । ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आइतबार सेन्सेटिभ परिसूचक ३ दशमलव ४४ अंकले, फ्लोट परिसूचक १ दशमलव ५७ अंकले र सेन्सेटिभ फ्लोट परिसूचक १ दशमलव ३० अंकले घटेको हो ।
१३ समूह मध्ये २ समूहको मात्र सेयर बढेको छ । होटल तथा पर्यटन ३.३७ प्रतिशत र म्युचुअल फण्ड ०.२१ प्रतिशतले बढेको हो । समूहमा आइतबार सबै भन्दा बढी निर्जीवन बीमा कम्पनीको शेयर घटेको छ ।
आइतबार निर्जीवन बीमा समूह १ सय ११ दशमलव ४० अंकले घटेको हो । आइतबार कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट रहेको नेप्सेले जनाएको छ ।