सरकारले यस वर्ष पनि कर्मचारीको तलब-भत्ता र अन्य सुविधा बढाएन
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ मा कर्मचारीको तलब-भत्ता र अन्य सुविधा बढाएको छैन ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको आगामी आव २०८१/०८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख नगरिएको हो ।
गत आर्थिक वर्ष पनि कर्मचारीको तलब-भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन ।