विदेशी मुद्राको विनिमय दर आज कति होला त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ २६ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ९० पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ५५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ०४ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ८० पैसा रहेको हो । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।