दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने
काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको हो । अर्थमन्त्री पुनले सोही अस्पताल काठमाडौं विश्वविद्यालयमा स्थापना गर्ने जानकारी दिंदै त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको बताउनुभयो ।
त्यसैगरी सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ । विद्यमान जनसंख्या नीति परिमार्जन गरी कार्यान्वयनमा ल्याइने प्रतिवद्धता समेत अर्थमन्त्री पुनले व्यक्त गर्नुभयो ।