नेपाली बजारमा सुन-चाँदीको मूल्य आज पनि घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य शुक्रबार १ हजार ८ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । साथै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइइरहेको छ ।
यसअघि बिहीबार सुन तोलामा १ लाख ३८ हजार ७ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १५ रुपैयाँले घटेको हो । शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।