माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने
दृष्टि सञ्चार संवाददाता । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ । आज हितबहादुर जीले शपथ ग्रहण गर्नु हुने माओवादी स्रोतले बताए ।
नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट उपाध्यक्ष डिपी अर्याल ले मन्त्री पदको शपथ ग्रहण गर्ने छन् । उनीहरुको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।