सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गर्दा एक जना पक्राउ
दृष्टि सञ्चार संवाददाता । सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जम्मुडाँडास्थित लागु औषध नियन्त्रण ब्युरोको टोलीले सडक किनारबाट सर्लाही ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ परेको हो ।
ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार लागु औषध कारोबार गर्ने शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाने क्रममा फागुन १६ गते राति सडक किनारमा रोकी राखेको ना ८ख २०२२ नम्वरको सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको थियो ।
मोक्तानसहित उक्त लागु औषध ओसारपसारमा प्रयोग गरिएको सेफ्टी ट्याङ्कर समेत बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।