मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक : बैंकदर १ प्रतिशतले घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएर केहीलचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिकगर्दै राष्ट्र बैंकले, बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशतकायम गरेको हो ।
केन्द्रीय बैंकले नीतिगत दरलाई ७प्रतिशतमायथवात राख्दै बैंकदर घटाइएको जनाएको छ ।
मौद्रिक नीति समीक्षामाभनिएको छ ‘मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशीविनिमय सञ्चितिको वर्तमानअवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्वकायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमानबनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केहीलचिलो बनाइएको छ,’।
विदेशीविनिमय सञ्चितिले आयातधान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुको सम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीचकायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७प्रतिशतमायथावत राख्दै बैंक दरलाई १ प्रतिशतबिन्दुले घटाउको राष्ट्र बैंकले जनाएको छ ।
ब्याजदर करिडोरअन्तरगतकाअन्य दरहरुलाई यथावत राखिएको छ । मौन्द्रिकनीतिले सेयर कर्जा र धितो भने यथावत् नै राखेको छ ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक स् बैंकदर १ प्रतिशतले घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएर केही लचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले, बैंकदरलाई ८।५ प्रतिशतबाट घटाएर ७।५ प्रतिशत कायम गरेको हो ।
केन्द्रीय बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाइएको जनाएको छ ।
मौद्रिक नीति समीक्षामा भनिएको छ ‘मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ,’।
विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुको सम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाउको राष्ट्र बैंकले जनाएको छ ।
ब्याजदर करिडोरअन्तरगतका अन्य दरहरुलाई यथावत राखिएको छ ।
मौन्द्रिक नीतिले सेयर कर्जा र धितो भने यथावत् नै राखेको छ ।