सेनाले गर्यो जावलाखेलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
जावलाखेलस्थित निजामती प्रशिक्षण प्रतिष्ठानको दक्षिणतर्फ भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ।
शुक्रबार बिहान ७:४६ बजे ललितपुर निर्वाचन क्षेत्र नं ३ गठबन्धनको सम्पर्क कार्यालय समेत रहेको उक्त सार्वजनिक पार्कमा स्थानीय बासिन्दाले शंकास्पद वस्तु देखेका थिए। त्यसपछि ललितपुर प्रहरी कन्ट्रोलमा खबर गरिएको थियो।
नेपाल प्रहरीको टोली पुगेपछि घटनास्थल सुरक्षित राखिएको थियो। पछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर उक्त वस्तु डिस्पोज गरिएको हो।
उक्त वस्तु कुनै विष्फोटक पदार्थ नभई झुक्याउनको लागि राखिएको प्रेसर कुकरमात्र भएको प्रहरीले जनाएको छ।