प्रचण्डले छाडेको चितवन-३ बाट डाक्टर भोजराज अधिकारीको उम्मेदवारी
चितवन क्षेत्र नम्बर ३ बाट नेकपा माओवादी केन्द्रका डाक्टर भोजराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्।
अधिकारी नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समेत रहेको गठबन्धनबाट उम्मेदवार बनेका हुन्।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको यस क्षेत्रमा यसपालि अधिकारीलाई उम्मेदवार बनाइएको हो। उनी फिजिसियन डाक्टर हुन्।
अधिकारी भरतपुर अस्पताल विकास समितिका अध्यक्ष पनि हुन्। यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्छ।