पहिरोमा परेर घाइते भएकालाई सेनाको हेलिकप्टरबाट उद्धार
उत्तरी गोरखामा पहिरोमा परेर घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
सुर्खेत घर भएका ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको हो।
केही दिनदेखिको अविरल वर्षाले गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पामा पहिरो झरेको थियो। उक्त पहिरोमा परेर घाइते भएका उनलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको हो।
उनलाई उद्धार गरी काठमाडौं ल्याइएको हो। उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।