भूकम्प ५.९ म्याग्नेच्युटको, केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना
बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको छ ।
यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौंसहितका आसपासका ठाउँमा महसुस भएको थियो । काठमाडौं उपत्यकामा त धक्का थाहा पाउनेहरु घर बाहिर नै निस्केका थिए ।