मधेशका चार क्षेत्रमा छैनन् ठूला तीन दलका उम्मेदवार, जसपा र लोसपाबीच मुख्य प्रतिस्पर्धा
मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि दलहरू मुख्य गरी दुई गठबन्धन बनाएर चुनावमा होमिएपछि मधेश प्रदेश ४ वटा क्षेत्रमा प्रमुख तीन दलमध्ये कसैको पनि उम्मेदवारी छैन।
यी चार क्षेत्रमा जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बीच मुख्य प्रतिसपर्धा हुदैछ।
सप्तरी-२, महोत्तरी-३, सर्लाही-१ र पर्सा-१ मा जसपा र लोसपा मुख्य प्रतिस्पर्धी हुन्।
गठबन्धनका कारण यी क्षेत्रमा नेपाली काग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कोही पनि उम्मेदवार छैनन्।
कांग्रेसको नेतृत्वमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा एकातिर छन् भने अर्कोतिर एमाले र जसपा छन्।
गठबन्धनमा रहेका दलहरूबीच भागबण्डा हुँदा यी क्षेत्रमा जसपा र लोसपा मुख्य प्रतिस्पर्धी बनेका हुन्।