प्रहरीले फेरि पक्राउ गर्यो कमेडियन अपूर्व क्षितिज सिंहलाई
अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि पक्राउ गरेको छ।
उनलाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए।
'उनको अनुसन्धानको अभियोग पत्र सोमबार सरकारी वकिल कार्यालयमा पेश गरेका थियौं। सोमबार उक्त मुद्दा हेर्न नभ्याएपछि ल्याइएको हो,' उनले भने, 'बुधबार सरकारी वकिलले मुद्दा हेर्छन्।'
भदौ १२ गते पक्राउ परेका उनलाई कोरोना संक्रमण भएपछि भदौ २३ गते तारेखमा छाडिएको थियो।
उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसूर, दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।