१५ लाख बराबरको पटका प्रहरीले नष्ट गर्यो
सिरहा प्रहरीले १५ लाख मूल्य बराबरको पटका तथा पटकाजन्य पदार्थ नष्ट गरेको छ।
सिरहा प्रहरीका अनुसार भारतबाट केही दिनअघि नेपाल भित्र्याइएको उक्त पटाका प्रहरीले बरामद् गरेको थियो।
बरामद भएको पटका मंगलबार स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो।
प्रहरीले तिहारका बेला पटका नपड्काउन भनेको छ।