राणाले नाम लिएकासँग महाअभियोग समितिले बुधबार बयान लिने
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले बयानका क्रममा नाम लिएकाहरुसँग महाभियोग सिफारिससमितिले छलफल गर्ने भएको छ। समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय समितिले गरेको सचिव लक्ष्मीप्रसाद गौतमले बताए।‘समितिको बैठक जारी छ उहाँले नाम लिनुभएकाहरुसँग बयान लिने निर्णय समितिले गरेको छ,’ गौतमले सेतोपाटीसँग भने। उनीहरुलाई बुधबार बोलाउने समितिको तयारी छ।