विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको सम्पत्ति : ३ करोडको प्राडो, ८० तोला सुन, १० लाख नगद
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पत्ति विवरण बुझाएका छन् । उनले बजार क्षेत्रमा साढे चार बिघा जग्गा, ३ करोड ३० लाखको प्राडो, ८० तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका हुन् ।
कोइरालाले बुझाएको सम्पत्ति विवरणमा घर र व्यवसायबारे उल्लेख छैन । ४९ वर्षे कोइरालाले सबै सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन् ।
२०५४ देखि तरुण दल मोरङ हुँदै नेपाली कांग्रेसको राजनीति सुरु गरेका उनले आफूले केही कमाएको विवरण उल्लेख गरेका छैनन् । सम्पत्ति विवरणको एक ठाउँमा भाइको नाममा रहेको ११ कट्ठा जग्गा रहेको उल्लेख गरेका उनले श्रीमती, छोरा, छोरी र आमा-बुबाको नाममा रहेको सम्पत्ति भए/नभएको उल्लेख गरेका छैनन् ।विराटनगर अस्पताल चोकमा कोइरालाको घरमा ग्रीन क्रस अस्पताल सञ्चालित छ । अस्पताल परिसरमै रहेको घरमा उनी बस्छन् । तर त्यसबारे सम्पत्ति विवतरणमा उल्लेख छैन । अस्पताल र घर आफ्नो नाममा नरहेकाले सम्पत्ति विवरणमा उल्लेख नगरेको कोइरालाका प्रेस सल्लाहकार मिनकुमार नवोदित श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मेयर कोइरालाले आफ्नो नाममा रहेको सम्पत्ति मात्रै पेश गरेका छन् । ‘आफ्नो नाममा रहेको सम्पत्ति मात्रै विवरणमा पेश भएको छ,’ उनले भने, ‘अंशबण्डा भइसकेकाले परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेश भएको छैन ।’
विराटनगर अस्पताल चोकमा कोइरालाको घरमा ग्रीन क्रस अस्पताल सञ्चालित छ । अस्पताल परिसरमै रहेको घरमा उनी बस्छन् । तर त्यसबारे सम्पत्ति विवतरणमा उल्लेख छैन । अस्पताल र घर आफ्नो नाममा नरहेकाले सम्पत्ति विवरणमा उल्लेख नगरेको कोइरालाका प्रेस सल्लाहकार मिनकुमार नवोदित श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मेयर कोइरालाले आफ्नो नाममा रहेको सम्पत्ति मात्रै पेश गरेका छन् । ‘आफ्नो नाममा रहेको सम्पत्ति मात्रै विवरणमा पेश भएको छ,’ उनले भने, ‘अंशबण्डा भइसकेकाले परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेश भएको छैन ।
कोइरालाले विराटनगर महानगरपालिका वडा नं. ११ र १५ का सात ठाउँमा साढे चार बिघा जग्गा रहेको विवरणमा उल्लेख छ । उनको जग्गा रहेको क्षेत्रमा बजार भाउ प्रतिकठ्ठा ८० लाख रुपैयाँ हाराहारी रहेको स्थानीय बताउँछन् ।
विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७१९.७८ वर्गमिटर (८५ कठ्ठा) र विराटनगर ११ मा ११ कठ्ठा जग्गा रहेको विवरण पेश गरेका छन् । कैफियतमा विराटनगर ११ मा रहेको ११ कठ्ठा जग्गा भाइ डाक्टर पुरु कोइरालाको नाममा रहेको उल्लेख छ ।
कोइरालाले पेश गरेको विवरणमा ८० तोला सुन २० वर्ष अघि ८ लाखमा खरिद गरेको उल्लेख छ । सानिमा बैंकमा १० लाख रुपैयाँ मौजदात रहेको विवरण पेश गरेका उनले स्थानीय तहको निर्वाचनभन्दा एक महिनाअघि २०७८ चैतमा टोयोटा कम्पनीको प्राडो गाडी ३ करोड ३० लाखमा खरिद गरेको उल्लेख गरेका छन् । कोइरालाले आफ्नो सेयर र व्यवसाय भए-नभएको विवरण समावेश गरेका छैनन् ।
विराटनगरमा २००७ साल यता नेपाली कांग्रेसको राजनीति र कोइराला परिवारको प्रसंग चल्दा ऋषिकेश कोइराला (हरिबाबु) को नाम आउँछ । बीपी कोइरालाका राजनीतिक सहयोगी तिनै हरिबाबुका नाति हुन् नागेश ।
कांग्रेसको भूमिगत आन्दोलनका क्रममा विराटनगरमा हरिबाबुले पार्टीलाई आर्थिक सहयोग गरेको कांग्रेसका पुराना नेताहरु बताउँछन् ।
२०५६ मा तरुण दल मोरङको सभापति बनेका कोइराला शेरबहादुर देउवाले पार्टी विभाजन गर्दै नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा उनीसँगै गएका थिए ।
वि.सं. २०६६ मा मोरङ कांग्रेसको कोषाध्यक्ष र २०७२ मा सचिव बनेका उनी त्यसपछि कित्ता परिवर्तन गर्दै डाक्टर शेखर कोइरालाको पक्षमा लागेका थिए । १४औं जिल्ला अधिवेशनबाट उनी मोरङको उपसभापतिमा निर्वाचित भए ।
दिल्ली विश्वविद्यालयबाट स्नातक गरेका कोइरालाले बेअवि विश्वविद्यालय (फिलिपिन्स)बाट सन् २००२ मा जनप्रशासनमा स्नातकोत्तर गरे । फिलिपिन्सबाट फर्किएपछि उनी राजनीतिमा सक्रिय भएका थिए ।
’