राष्ट्रियतासँग मात्र होइन, ‘नागरिकतालाई अधिकारसँग जोड्नुपर्छ’
नागरिकताका विषयका नीति निर्माणकर्ताको सोच साँघुरो रहेको सरोकारवालाले बताएका छन् । शुक्रबार महिला कानून तथा विकास मञ्चले आयोजना गरेको नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफल कार्यक्रममा विभिन्न सांसद र सरोकारवालाले नागरिकतालाई राष्ट्रियतासँग नजोडी व्यक्तिको अधिकारसँग जोड्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले नागरिकताको विषयमा संविधान खुकलो, ऐन साँघुरो बनाउन खोजिएकाले लाखौं नागरिक नागरिकताबाट बञ्चित हुनुपरेको बताए । दलहरुका शीर्ष नेता सहमत भएर संविधान बमोजिम आएको विधेयकलाई पास गर्ने गरी तयारी भइरहेको बताउँदै नेता विश्वकर्माले अहिलेकै सरकारले विधेयक पारित गर्ने दबी गरे सांसद विमला विश्वकर्माले संविधानको भावना बुझन नसक्दा नागरिकता विधेयक लामो समयसम्म पनि नागरिकता सम्बन्धी विधेयक पारित हुन नसकेको बताइन् ।