अहिलेसम्मकै ठूलो नतिजा राष्ट्रिय टिमको - ग्यारेथ बेल
वेल्सका सुपरस्टार स्ट्राइकर ग्यारेथ बेलले आइतबार राती विश्वकप प्लेअफ फाइनलमा युक्रेनमाथिको रोमान्चक जित राष्ट्रिय टिमको अहिलेसम्मकै सबैभन्दा ठूलो नतिजा भएको बताएका छन् ।
खेलको ३४ औं मिनेटमा रियल मड्रिडका पूर्व स्ट्राइकरको प्रिकिक युक्रेनका कप्तान एन्डिरी यार्मोलेन्कोले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।यो नतिजाले वेल्सलाई ६४ वर्षपछि विश्वकपमा पु¥याएको छ । ‘यो वेल्स फुटबल इतिहासको सबैभन्दा ठूलो नतिजा हो,’ बेलले स्काई स्पोर्टससँगको कुराकानीमा भनेका छन्, ‘यसको मतलव सबैथोक हो । यो सपना पूरा भएको क्षण हो । म यति खुसी छु कि केहि बोल्नै सकिरहेको छैन । अहिले हामीले कस्तो महशुस गरिरहेका छौं भनेरस शब्दमा वर्णन गर्न सकिन्न ।’