सामान चोरी गरेको आरोपमा एकजना पक्राउ डिपार्टमेन्ट स्टोरबाट
प्रहरीले योयोसो डिपार्टमेन्ट स्टोरबाट सामान चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ गौशाला घर भई हाल वडा-४ मा बस्ने ५१ वर्षीय मुना सिंह रहेका छन् ।
उनलाई २३ गते सोमबार चण्डोलबाट काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।उनले योयोसो सुपर मार्केटको विभिन्न शाखा कार्यालयबाट सामान किन्ने बहाना बनाइ चोरी गर्दै आएको प्रहरीको दाबी छ।