तोलामा ६०० रुपैयाँले सुनको मूल्य घट्यो
मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।