वर्गीकरण रिसोर्टको : चन्द्रागिरि र गोकर्ण ‘लक्जरी’
सरकारले नेपालमा दर्ता भएका रिसोर्टहरुको पछिल्लो वर्गीकरण सार्वजनिक गरेको छ ।पर्यटन विभागको प्रतिवेदन अनुसार चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट ‘लक्जरी रिर्सोट’को स्तरमा कायम छन् । यो स्तरमा पछिल्लो दुई वर्षयता नयाँ रिसोर्ट थप भएका छैनन् । सरकारले गोकर्ण र चन्द्रागिरिलाई २०७७ सालमा लक्जरी रिसोर्टको मान्यता दिएको थियो ।
पर्यटन विभागका अनुसार गोकर्ण र चन्द्रागिरि दुवैमा १००/१०० कोठा रहेका छन् । गोकर्णले २४५ र चन्द्रागिरिले १५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।