९ जना निको भए नेपालमा थप २६ जनामा कोरोना पुष्टि,
नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६०५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
४ हजार ५२८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १९ जना र १ हजार ७७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ४३१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार ११९ पुगेको छ । हाल नेपालमा १ सय ११ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।