बजेट गठबन्धनको घोषणा पत्र होइन, क्रान्तिकारी परिवर्तनको दस्तावेज हो पौडेललाई पुनको जवाफ
पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट गठबन्धनको घोषणा पत्र नभई क्रान्त्रिकारी संरचनात्मक परिवर्तनको दस्तावेज भएको बताएका छन् । बजेटबारे संसदमा पहिलो दिन जारी छलफलमा बोल्दै उनले बजेटबारे नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको राखेको तर्कको खण्डन गर्दै यस्तो धारणा राखेका हुन् ।
पूर्वअर्थमन्त्री भइसकेका व्यक्तिले बजेटलाई गठबन्धनको घोषण पत्र भन्नु गलत भएको भन्दै पुनले बजेटबाट लाभान्वित हुने सेना, प्रहरी, कर्मचारी, कृषक सबै गठबन्धनका मात्रै मान्छे हुन् त भनि प्रति प्रश्न गरे ।बजेटका कारण उत्पादनमुखी वातावरण बन्ने र इन्धनको आपूर्ति कम गर्न लिएको नीति मुलुकको हितमा भएको पुनको दाबी छ ।
विद्युतीय सवारी साधनमा बढाइएको अन्त शुःल्कलाई भने बजेटले पुर्नविचार गर्नुपर्ने पुनको भनाइ छ । वैदेशिक र समग्र सार्वजनिक ऋण अघिल्लो सरकारको पालामा ९ खर्बबाट बढेर १८ खर्ब पुगेको भन्दै उनले विगत ५ वर्षको रिभ्यू गर्न पर्ने औंल्याए ।