भोट बटुल्ने उद्देश्यले : पूर्वअर्थमन्त्री पौडेल
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् ।
आगामी आव २०७९/८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाटसुरु भएको सैद्धान्तिक छलफलका क्रममा भाग लिंदै पूर्वअर्थमन्त्री पौडेलले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरे ।
सरकारले वार्षिक ८ लाख नेपालीलाई गरिबीबाट माथि उठाउने घोषणासमेत आधारहिन रहेको उनले बताए । ‘आम नेपालीको आम्दानी नबढ्ने र महंगी बढ्दा कसरी गरिबी निवारण हुन्छ ?’ उनले प्रश्न गरे । निर्यातबारे यथार्थ मार्गचित्र प्रस्तुत गर्न नसकेको भन्दै उनले आयात घटाउँदा उपभोग वा पुँजीगत आयात के घटाउने हो भन्ने बजेटमा स्पष्ट नभएको बताएका छन् ।