अनुसन्धान सुरु च्याम्पियन्स लिगको फाइनल खेल ढिलो हुनुको कारणबारे
च्याम्पियन्स लिगको फाइनल खेल सुरु हुन आधा घण्टा ढिला हुनुको कारणबारे अनुसन्धान सुरु गरेको युरोपेली फुटबल एसोसिएसन (यूएफा) ले जनाएको छ ।पेरिसमा भएको फाइनल खेलमा लिभरपुललाई १-० ले हराएर रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
फाइनल खेल सुरु हुन पूर्वनिर्धारित समयभन्दा ३६ मिनेट ढिला भएको थियो । फाइनल खेल हेर्नका लागि स्टेडियमभित्र प्रवेश गर्न चाहने लिभरपुलका समर्थकहरुको लामो लाइन लागेको थियो । त्यही भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
फ्रान्सका खेलमन्त्री लगायतका अधिकारीहरुले टिकट बिक्रीमा संगठित रुपमा हेरफेर गरिएको तथा रियल मडि्रडका समर्थकहरुलाई पक्षपात गरेको गुनासो गरेका थिए । त्यसलगत्तै लिभरपुलका अध्यक्ष टोम वेरनरले फ्रान्सका खेलमन्त्रीलाई पत्र लेखेर माफी माग्न भनेका थिए ।