मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबन्डा
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले मकवानपुरमा भागबन्डा टुंगो लगाएको छ ।
आइतबार बागमती प्रदेश स्तरीय गठबन्धको बैठकले भागबन्डा टुंग्याएको हो । गठबन्धनले गरेको सहमतिमा काग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्रीले हस्ताक्षर गरेका छन् ।
प्रदेशको अन्य सहमति पत्रमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा बागतमती इन्चार्ज केदार न्यौंपानेले हस्ताक्षर गरेका छैनन् । सहमतिमा समाजवादीले असहमति जनाएको बताइएको छ ।
बाहिरिएको भाडबण्डा अनुसार अनुसार काग्रेसले ५, माओवादीले ३ र नेकपा (एकीकृत समावजादी) ले २ वटा पालिकाहरु प्राप्त गरेको छ । कांग्रेसले वकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका प्रमुख प्राप्त गरेको छ भने माओवादी केन्द्रले थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने भएको छ ।
गठबन्धनमा भएको सहमति अनुसार नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोबर गाउँपालिका प्रमुख प्राप्त गरेको छ । गठबन्धनले पालिका अनुसार प्रमुख र उपप्रमुखको नाम भने केहि समयमा टुंग्याउने र सार्वजनिक गर्ने बताइएको छ ।जिल्लामा बाँकी रहेका ८ पालिकामा काग्रेस र माओवादीको सहकार्य हुनेछ भने समाजवादीले आफ्नो उम्मेदवार अघि सार्ने उनले जानकारी दिए । मकवानपुरमा १० वटा स्थानीय तह रहेका छन् ।