भन्सार छलेर कपडा ल्याउने ५ जनाविरुद्ध मुद्दा, २१ करोड बिगो दाबी
राजश्व अनुसन्धान विभागले कपडा चोरी पैठारी गर्दै आएका ४ जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागले राजश्व चुहावट गर्ने लक्ष्यसहित भारतीय कपडा लगायत मालवस्तु काठमाडौं ल्याएर बिल बिना बिक्री/वितरण गर्दै आएका ५ जनाविरुद्ध २१ करोड बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।
विभागले पर्साका रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, काभ्रेका श्यामबहादुर श्रेष्ठ, वीरगञ्जका विष्णु एण्ड विकेश सप्लायर्सको कारोबार हेर्ने मनोज साह कलवार, गुल्मीका विष्णुप्रसाद घिमिरे र काठमाडौं बस्ने भारतीय आधार कार्डसहित विमला इन्टरनेशनलका अमितकुमार अग्रवाललाई मुद्दा दायर गरेको हो । उनीहरूलाई राजश्व अनुसन्धान ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनका दफा ४ (क), (ख) र (ग) बमोजिम कसुर गरेको पुष्टी भएको विभागले जनाएको छ ।
सोही कारण, मूल्य अभिवृद्धि करतर्फ ९ करोड ९६ लाख ८८ हजार ७०३ रुपैयाँ र आयकरतर्फ ८ करोड २७ लाख ४५ हजार ८२७ रुपैयाँ र अन्य २ करोड २ करोड ७८ लाख ३ हजार ८४२ रुपैयाँसहित जम्मा २१ करोड २ लाख ३८ हजार ३७३ रुपैयाँ बिगो दाबी गरिएको छ । साथै, हदैसम्मको कारबाहीको माग गर्दै विभागले अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।