सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो
सोमबार सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ५०० रुपैयाँले बढेको हो ।
बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।