नेकपा एस स्याङ्जाका सचिब नेपाली द्धारा पार्टी परित्याग गर्ने संकेत
नेपाल कम्यूनिष्ट पार्टी ( एकीकृत समाजवादी ) स्याङ्जा जिल्ला कमिटीका सचिब टिकाराम नेपालीले पार्टी परित्याग गर्ने संकेत गरेका छन् ।
लामो समय विद्यार्थी राजनितिमा लागेर पछिल्लो समय नेकपा एमालेमा विद्रोह गर्दै माधब नेपाल नेतृत्वको नेकपा एसमा समाहित भएका नेपाली पार्टी भित्र निर्वाचनमा टिकट बाड्ने सवालमा अन्याय भएको भन्दै पार्टी परित्याग गर्ने मोडमा पुगेको एक नेताले जानकारी दिनुभयो ।
नेपाली आधिखोला गाउपालीकाको प्रमुख पदमा सिफारिस हुनभएको थियो तर पछिल्लो समय नेताहरुले आफ्नो निहित स्वार्थको लागी फरक व्यक्तिलाइ टिकट दिन खोजेकोले नेपाली लगायत सयौं कार्यकर्ता रुष्ट भएका छन् । नेतृत्वले बेलैमा सहि निर्णय लिन नसकेमा स्याङ्जा एसमा ठुलो क्षेती दाबि छ ।