पोखरा २७ मा नेकपा एसबाट अधिकारी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पोखरा २७ मा स्थानिय निर्वाचनको लागि पांचै जना उम्मेदवारहरुको टुंगो लगाएको छ।वडा अध्यक्षमा युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीका सचिब एवं नेकपा एस कास्की जिल्ला कमिटीका सदस्य सन्तोष अधिकारी, महिला सदस्यमा नेकपा एस पोखरा २७ कमिटीकि उप- सचिब मिना रानाभाट, दलित महिला सदस्यमा वडा कमिटीकि सचिबालय सदस्य संगिता विश्वकर्मा र खुल्ला सदस्यहरुमा वडा कमिटीका अध्यक्ष सुधिरमणी लामिछाने र उपाध्यक्ष अम्बिका प्रसाद सुबेदी रहेका छन। चैत्र २८ गते बसेको नेकपा एस पोखरा २७ को पुर्ण बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो।
उक्त नामहरु पार्टीका उपल्ला कमिटीहरुमा सिफारिस गरिएको वडा कमिटी अध्यक्ष सुधिरमणी लामिछानेले जानकारी दिए।नामहरुको टुंगो लगाएर पोखरा महानगर कमिटी र कास्की जिल्ला कमिटीमा सिफारिस गरेका छौं।अध्यक्षको हकमा जिल्ला कमिटी र वडा सदस्यको हकमा महानगर कमिटीले निर्णय लिन्छ।उपल्ला कमिटीहरुले सुझ्बुझ पुर्ण ढंगबाट निर्णय लिनेमा हामी बिश्वस्त छौं, लामिछानेको भनाइ थियो। वडा अध्यक्षका उम्मेदवार सन्तोष अधिकारी बिगत १२ वर्ष देखि कम्युनिष्ट आन्दोलनमा होमिएका युवा हुन्।
तत्कालिन नेकपा एमालेमा लामो समय काम गरेका अधिकारी एमाले बिभाजित भएपछि पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल नेतृत्वमा बनेको नेकपा एसमा अवद्द भएका हुन।अन्न्याय, अत्याचार, शोषण, उत्पिडन र दमनका बिरुद्दमा संघर्ष गर्न निर्माण गरिएको कम्युनिष्ट पार्टी जब एउटा स्वेच्चाचारी एवं प्रतिगमनकारी शासकको कब्जामा पुग्छ तब त्यो पार्टी कम्युनिष्ट रहंदैन।त्यसपछि त्यहां भित्र रहेका वास्तबिक बामपन्थि बिचार बोकेका हरु बिद्रोह गर्न बाध्य हुन्छन, त्यसैको उपज हो नेकपा (एकीकृत समाजवादी)नवकान्तिपुरसंग संक्षिप्त कुराकानि गर्दै अधिकारीले भने।नेकपा एमालेका बिभिन्न कमिटीमा रहेर काम गरेका अधिकारीले २०६९ साल मंसिर १ गते पार्टीको सदस्यता लिएका थिए।
अनेरास्ववियु त्रीचन्द्र क्याम्पस कमिटीको सदस्य, नेकपा एमाले कास्की काठमाडौं सम्पर्क मंचको सदस्य, तुल्सीलाल स्पोर्ट्स क्लबका केन्द्रीय सदस्य, नेकपा एमाले लेखनाथ नगर सम्पर्क मंचको अध्यक्ष लगायत बिभिन्न पदमा रहेर काम गरिसकेका अधिकारी हाल युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीका सचिब हुन।