निर्वाचन आयोगले कुलमानसँग स्पष्टीकरण माग्यो
निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो ।
आयोगले पोष्टरमा फोटो राखिएको विषयमा सहमति होइन भने अहिलेसम्म सार्वजनिक रुपमा किन आपत्ति नजनाएको भनी प्रश्न गरेको छ ।
‘सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी समेतले पालना गर्नुपर्ने आचरण अन्तर्गत कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचार प्रसार गर्न नहुने विषय समेत रहेकोमा आचारसंहिता उल्लंघन गरेको आधारमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’आयोगले कुलमानलाई सोधेको छ ।