काठमाडौंको मेयर बन्न केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा
बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।
आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् । उनी डोरमणी पौडेल मुख्यमन्त्री हुँदा भौतिक पूर्वाधारमन्त्री समेत बनेका थिए ।
राजीनामा दिँदै उनले त्रिचन्द्रलाई विश्वस्तरीय शिक्षालय बनाउने आफ्नो योजना रहेको सुनाए । मुलुककै जेठो कलेज भएकाले पहिला त्रिचन्द्र कलेजलाई आफूले रोजेको र त्यसपछि अन्य कलेजहरूको सुधार गर्ने उनले बताए ।
स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए ।