आयल निगम र उद्योगीबीच टकराब : ग्याँस पाउनै मुस्किल
काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवन बस्ने शर्मिला सुवेदीले नजिककैको ग्याँस पसलमा खाना पकाउने ग्याँसका लागि नाम टिपाएको तीन दिन भइसक्यो । घरमा प्रयोग भइरहेको अर्को सिलिण्डरको ग्याँस रातो बल्न थाले लगत्तै उनले खाली सिलिण्डर भर्न बिक्रेताकोमा नाम टिपाएकी थिइन् । तर, ग्याँस पाउन अझै केही दिन लाग्ने जानाकारी उनले बिक्रेताबाट पाएको छ । ‘कतिबेला घरको ग्याँस सकिने हो ठेगान छैन,’ सुवेदीले अनलाइनखबरसँग भनिन्, ‘प्रयोग भइरहेको ग्याँस सकियो भने परीक्षा चलिरहेका बालबालिकालाई के खुवाउने हो ?’
काठमाडौं महानगरपालिका–१६ नयाँबजारका सुमन गजुरेललाई पनि यस्तै चिन्ताले सताएको छ । साइबाबा कम्पनीको एउटा खाली सिलिण्डर भर्न बिक्रेतालाई फोन गरेको