जसपाले जनकपुरको मेयरमा पुनः लालकिशोरलाई उठाउने
जनता समाजवादी पार्टी (जसपा) ले जनकपुरधामका मेयरका लागि निवर्तमान मेयर लालकिशोर साहलाई नै उम्मेदवार बनाएको छ ।
आइतबार साहलाई पार्टी नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले टिकट दिएकी हुन्
सत्तारुढ गठबन्धनमा जनकपुरधामको मेयरको उम्मेदवार जसपालाई दिने सहमति भएको थियो ।
लालकिशोर २०७४ सालको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयरमा निर्वाचित भएका थिए । जसपाबाट पूर्व राजपाका नेताहरु बाहिरिएर लोसपा बनाएपछि लालकिशोर जसपमा रहेक