‘घोषणापत्रमा गर्न सकिने कुरामात्रै छ, हवाई कल्पना छैन’
वार्षिक २०० युनिटसम्म बिजुली निःशुल्क दिने, मासिक पाँच हजार लिटर पानी निःशुल्क वितरण गर्ने जस्ता कार्यक्रम घोषणापत्रमा समेटिएका छन् ।
चुनावमा मतदातालाई आफूतिर तान्न घोषणापत्रमा लोकप्रिय कार्यक्रम राख्ने तर कार्यान्वयन नगर्ने राजनीतिक दलहरूको आम प्रवृत्ति जस्तै हो । यस्तोमा हालै गठन भएको एकीकृत समाजवादीका कार्यक्रमप्रति पनि आम मानिसले उस्तै संशयका साथ हेरिरहेका छन् ।
तर, घोषणापत्र निर्माणमा समेत काम गरेका उपमहासचिव डा. विजय पौडेल भने आफूहरूले गर्न सकिने कुरा मात्रै घोषणापत्रमा राखेको दाबी गर्छन् । प्रस्तुत छ, पौडेलसँग अनलाइनखबरकर्मी रामकुमार डिसीले गरेको कुराकानी ।
स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा वृद्धभत्ता, ‘आफ्नो गाउँ आफैं बनाऔं’ जस्ता कार्यक्रमको स्वामित्वमा दाबी गर्दै एमालेको उत्तराधिकारी पनि दाबी गर्नुभएको छ । यसको आधार के हो ?