कांग्रेसको काठमाडौं महानगर समिति पनि तालमेलको विपक्षमा
नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समिति स्थानीय तह निर्वाचनमा तालमेलको विपक्षमा उभिएको छ ।
आइतबार विहान बसेको बैठकले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकालेको सचिव सुशन वैद्यले जानकारी दिए ।