थप १९४ जनामा कोरोना पुष्टि
मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ३२८ पुगेको छ । सोही अवधिमा २ लाख ०३ हजार ६२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ५ हजार ८७५ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।