एक्लै चुनाव लड्दा हारिएको थियो, गठबन्धन रहिरहे अर्को सरकार पनि बन्ने अवस्था आउँछ: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर जाने संकेत गरेका छन्।
आज वीरगञ्जमा आयोजित कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरूलाई चिड्याउने कुरा नगर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
गठबन्धनले स्वीकार गरेर आफू प्रधानमन्त्री बनेको देउवाको भनाइ थियो।
प्रधानमन्त्री देउवाले कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहेको पनि बताए। उनले गठबन्धन र विपक्षी एमालेलाई पनि चिड्याउने कुरा नगर्न आग्रह गरेका थिए।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले सहयोग गरेपछि आफू प्रधानमन्त्री बनेको देउवाको भनाइ थियो।
देउवा गत असारमा प्रधानमन्त्री बनेका थिए।