१ सय ३४ जना संक्रमित थपिए
मुलुकमा थप १ सय ३४ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ६३ र पुरुषको संख्या ७१ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५६७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ३४ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।