विश्वकप छनोटको उपाधि नेदरल्यान्ड्सले जित्यो
(काठमाडौं) नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार राति यूएईमा सम्पन्न फाइनलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले विश्वकप छनोटको उपाधि जितेको हो । १२९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।