ग्रानाडाले शीर्ष स्थानमा उक्लिने मौका गुमायो
(काठमाडौं) स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिने मौका ग्रानाडाले गुमाएको छ ।
बिहीबार राति भएको खेलमा गेटाफेसँग ३–१ गोलअन्तरले पराजित हुँदै ग्रानाडा शीर्ष स्थानमा पुग्नबाट चुक्यो । पहिलो हाफमा दुई गोल खाएको ग्रानाडाले दोस्रो हाफमा एक गोल फर्काए पनि थप एक गोल खान पुग्यो ।
गेटाफेलाई पराजित गरेको भए ग्रानाडा २३ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिने थियो । तर, पराजयपछि ग्रानाडा तेस्रो स्थानमै यथावत् छ ।