अमेरिकाले चौथोपटक महिला विश्वकपको उपाधि जित्यो
फ्रान्स : अमेरिकाले चौथोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको छ । गए राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले हराउँदै अमेरिकाले उपाधि जितेको हो । फ्रान्समा सम्पन्न विश्वकपको उपाधि जिताउन अमेरिकाका लागि मेगान रापिनोई र रोज लाभिल्लीले १–१ गोल गरे ।
पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ६१औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्द मेगानले अमेरिकालाई १–० गोलको अग्रता दिलाइन् । त्यसको ८ मिनेटपछि नै लाभिल्लीले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारिन् । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र अमेरिका चौथोपटक विश्वकप च्याम्पियन बन्याे ।