इजिप्टको ऐतिहासिक पुनरागमन, न्युजिल्यान्डलाई ३–१ ले पराजित
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गरेको छ। पहिलो हाफमा पछि परेको इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै २४ मिनेटभित्र तीन गोल गर्न सफल भयो।
मोहम्मद सलाहको नेतृत्वमा इजिप्टले आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो। यस जितसँगै इजिप्टले विश्वकप इतिहासमा ९२ वर्षपछि पहिलो जित दर्ता गर्दै समूह ‘जी’ मा शीर्ष स्थानमा उक्लिएको छ।