बझाङमा को बुङ्गलमा लामो समय पानी नपर्दा स्थानीय देउताको मन्दिरमा जग्राम बस्दै
बझाङ बझाङ जिल्लाको बुङ्गल नगरपालिका का विभिन्न गाउँ बस्तीमा लामो समय पानी नपर्दा पानीका मुहान सुक्नुका साथै खेतबारीमा अन्नबाली समेत सुक्ने गरका हुन पानीका मुहान एका एक सुक्न थालेपछि दैनिकी कार्य गर्न गाइभैशी पानी दिन लुगाकपडा धुन नुहाउन शुद्ध सफा पानी पिउन समेत समस्या परेको छ ।
आफ्नो दैनिकी कार्य गर्न लामो दुरीको बाटो हिडी खोलाको पानी बोक्न पर्ने बाध्य भएको स्थानीय को भनाइ छ । साथै लामो समय पानी नपर्दा खेतबारीमा राखेका धानका बेर्ना सुकेका छन । खेतमा उम्रेका अन्नबाली मकै , कोदो भटमास लागाएतका अन्य अन्नबाली समेत सुकेका छन । खेतमा लगाएका अन्न बाली धानका बेर्ना सुक्दा किसानहरु चिन्तित भएका छन । धान रोप्ने समयमा धानका बीउ सुक्दा किसान चिन्तित बनेका हुन । बुङ्गल नगर पालीका लगाएत बझाङका प्राय सबै ठाउँमा यो समस्या देखीयको छ । अझैकेही दिन पानी नपरे पिउने पानीको हाहाकार हुन सक्ने आसंका गरिएको छ । बिगत दुई महिना देखि पानी परेको छैन । लामो समयमा सम्म पनि पानी नपर्दा बुङ्गलका महिलाहरु आ-आफ्नो नजिक पर्ने देवी देउताको मन्दिरमा रात दिन जग्राम बस्ने गरेका छन ।

बुङ्गल नगरपालिका वडा न ४ र ५ को बिचमा रहेको सफल ढुङ्गा देउताको मन्दिरमा स्थानीय जग्राम बसेका स्थानीय सेर कुवरले बताएका छन । तेस्तै बुङ्गल नगरपालिका वडा न ३ आरुखेतका महिला पनि नजिकैको शिद्द्नाथ मन्दिरमा जग्राम बसेका छन तेसतै बुङ्गल नगरपालिका वडा न ५ मा रहेको देवि मन्दिरमा समेत त्यहाका महिला रातभरी जग्राम बसेका छन । यसरी रात दिन जग्राम बसी देउताको पुजा गरे पानी पर्ने धार्मिक बिश्वास रहेको । बुङ्गल नगरपालिका वडा न ५ कि वृद्ध महिला सुना देवी कुवंरले बतएकी छिन ।