पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्छ– अर्थमन्त्री खतिवडा
काठमाडौं । नेपालमा पूँजी बजारलाई अझैपनि परिपक्व भएको मानिदैन् । पूँजी बजारको नियामक निकायमाथि सरकारले निगरानी राखेको पाइन्छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीबार राम्रोसँग चल्न नसके सरकारले हस्तक्षेप गर्नसक्ने संकेत दिनु भएको छ ।
पूँजी बाजरले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने भएको छ । मंगलबार काठमाडौंमा सुरुभएको वित्तीय साक्षरता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा पूँजीबजार परिपक्व हुन नसकेकाले नियमनकारी निकायलाई निगरानी गर्नुपरेको स्पस्ट पार्नुभयो ।
×
|
20 SHARES |

उहाँले बजारले राम्रोसँग काम गर्न नसके सरकारले हस्तक्षेप गर्ने बताउनुभएको छ । बजारलाई स्वफुर्त सञ्चालनका लागि खुल्ला छाडेको भएपनि केही कमजोरी भए नियामक निकाय तथा सरकार आफैले हस्तक्षेप गर्ने बताउनुभएको हो ।
नेपालमा पूँजीबजारमा लगानी गर्दा कम्पनीको बारेमा आवश्यक जानकारी लिने प्रचलन कम भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले वित्तीय साक्षरताका कार्यक्रम मार्फत लगानीकर्तालाई साक्षर बनाउन आवस्यक रहेको बताउनुभयो । अहिले ५० लाख भन्दा बढी युवाहरु वैदेशिक रोजगगारीमा गएका छन् ।
उनीहरुले पठाउने रेमिट्यान्स पनि पूँजी बजारमा आएको छ । तर ती लगानीकर्ताहरुलाई शेयर कारोबारमा राम्रो ज्ञान नहुँदा लगानी जोखिममा पर्नेगरेको छ । त्यस्तै भरपर्दो बैंक तथा वित्तीय संस्थाको पहिचान गर्न समेन नसक्ने भएकाले वित्तीय साक्षरता तल्लो तहसम्म आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री खतिवडाले नयाँ प्रविधिको प्रयोगले वित्तीय क्षेत्रमा चुनौती बढेको उल्लेखद गर्दै भुक्तानी विधि र विद्युतीय कारोबारमा प्रभावकारी नियमन हुनुपर्ने बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले लगानी गर्दा वित्तीय विवारण, वासलात तथा वार्षिक विवरणहरु नपढी लगानी गरिरहेका कारण लगानी जोखिममा पर्ने गरेको बताउनुभयो । नोक्सानी भए सरकार गुहार्ने प्रवृतिले लगानीकर्तामा वित्तीय साक्षरता विकास हुन सकेको छैन् । त्यसैले आफुले लगानी गर्ने कम्पनीबारे बुझेर मात्र लगानी गर्न वित्तीय साक्षरताले सिकाउनुपर्नेमा मन्त्री खतिवडाको जोड थियो ।